२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

विद्युत प्राधिकरण बैतडीका कर्मचारी मृत फेला

बैतडी – विद्युत प्राधिकरण वितरण केन्द्र गोठलापानी बैतडीमा कार्यरत एक जना कर्मचारी मृत फेला परेका छन् । कार्यालयमा मिटर रिडिङको काम गर्दै आएका दशरथचन्द नगरपालिका–२ का अन्दाजी ४३ वर्षीय मानसिंह रावत मृत फेला परेको प्रहरीले जनाएको छ ।

उनी शुक्रबार साँझ सोही ठाउँको सैरेने गडामा पल्टेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीका अनुसार उनी २० गतेबाट घरबाट सम्पर्कविहीन थिए ।

घटनास्थल कार्य गरेर उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखेको प्रहरी जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०७८ माघ २२

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP