२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

टेलिकमको परिमार्जित महसुल लागु

काठमाडौँ – नेपाल टेलिकमका ग्राहकले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई भ्वाइस कल गर्दाको परिमार्जित महसुल दर कार्यान्वयन भएको छ।

मंगलबारदेखि सञ्चालनमा आएको नयाँ अन्तर्देशीय अन्तरआबद्धता कार्यान्वयन भएपछि एउटा सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकलाई कल गर्दा लागु हुने महसुल दर परिमार्जन भई शुल्कमा कमी आउने कम्पनीले जनाएको छ।

अब कम्पनीको तारवाला फोनबाट अर्को सेवा प्रदायकको मोबाइलमा कल गर्दा महसुल दर प्रतिमिनेट एक रूपैयाँ १० पैसा मात्र कायम हुने कम्पनीले जनाएको छ।

यसैगरी कम्पनीको जिएसएम, सिडिएमए र सि फोन पोस्टपेडबाट अर्को सेवाप्रदायकको नेटवर्कमा कल गर्दा महसुल दर प्रतिमिनेट एक रूपैयाँ आठ पैसा तथा कम्पनीको जिएसएम, सिडिएमए र सि फोन प्रिपेड सेवाबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा महसुल दर प्रतिमिनेट एक रूपैयाँ ६२ पैसा कायम हुनेछ।

साथै, कम्पनीको जिएसएम तथा सिडिएमए सेवाको पोस्टपेड र प्रिपेडबाट अन्य सेवा प्रदायकको नेटवर्कमा सन्देश पठाउँदा लाग्ने शुल्क प्रतिसन्देश एक रूपैयाँ १० पैसा कायम हुने जारी विज्ञप्तिमा उल्लेख छ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ माघ १९

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP