२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

भारत लैजान लागिएकी बैतडीकी बालिकाको उद्धार

बैतडीबाट हराइरहेकी बालिकालाई भारत लैजाने क्रममा पर्साबाट उद्धार गरिएको छ । माघ ७ गतेदेखि बेपत्ता भएकी बालिका वीरगञ्ज महानगरपालिका १६ स्थित शंकराचार्य गेटबाट उद्धार गरिएको हो ।

बालिकालाई भारत लैजाने खोज्ने अर्घाखाँची सन्धिखर्क ७ घर भई हाल भरतपुर उपमहानगरपालिका १ बस्ने २८ वर्षीय राजु अधिकारी पक्राउ परेका छन्।

माइती नेपालको समन्वयमा बालिकालाई उद्धार गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।

अधिकारी र बालिका एक महिनाअघिदेखि फोन सम्पर्कमा थिए। फोनबाटै चिनजान गरी बालिकालाई उनले भेट्न बोलाएका थिए।

अर्घाखाँची लगेर बिहे गर्छु भनी बालिकालाई वीरगञ्ज बसपार्कसम्म ल्याएको अनुसन्धानबाट खुलेको छ । बालिकालाई इनर्वा नाका हुँदै भारत लैजान खोजेको देखिन्छ।

बालिका अहिले माइती नेपालको साथमा छिन्। अधिकारीलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान थालिएको छ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०७८ माघ १२

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP