२०८३ बैशाख १६, बुधबार
April 29, 2026, Wednesday

बैतडीमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु ,तिन घाईते

फाईल फोटो

बैतडी – बैतडीमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।सोमबार साँझ जंगली बँदेलको आक्रमणमा परेर चार जना घाइते भएका थिए । उनीहरु चारै जनालाई उपचारका लागी अस्पताल लगीएको थियो । बँदेलको आक्रमणमा परी गम्भीर घाईते भएका बैतडी दोगडाकेदार गाउँपालिका १ घोरडीका मन्नाम भनिने (मनोरथ जोशी)को मृत्यु भएको को जनाइएको छ । उनलाई थप उपचारकालागी डडेल्धुरा लगीएको थियो ।

 घाइतेमध्ये वीरभान सार्की र हरिदत्त जोशीको स्थानीय स्वास्थ्य संस्थामै उपचार गरिएको र ५० वर्षीय बल्देव कार्कीलाई थप उपचारका लागि धनगढी पठाइएको बताइएको छ। 

Related News

डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
  • २०७८ माघ ११

  दिपायल – डोटी जेसीजले दिपायलमा एक दिन निःशुल्क दन्त...

TOP