२०८३ असार १७, बुधबार
July 1, 2026, Wednesday

जिल्ला अदालत बैतडीमा अत्यावश्यकबाहेकका सेवा बन्द

बैतडी – कर्मचारीमा कोरोना देखिएपछि जिल्ला अदालत बैतडीमा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ। अदालतले माघ १८ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जनाएको हो।

कोरोना भाइरस संक्रमण जोखिम बढ्दै गएकाले भीडभाड हुन नदिन अत्यावश्यकबाहेका सेवा मात्रै प्रदान गरिने अदालतले जनाएको छ। बन्दी प्रत्यक्षीकरण, म्याद थप, पक्राउ पूर्जी जारी‚ अभियोग दर्ता, वयान र थुनछेकको काम सञ्चालन हुनेछ।

यस्तै‚ मुलुकी फौजदारी कार्यविधि संहितासम्बन्धी मुद्दा र मुद्दा फिर्ता, तामेलीलगायतका कार्य पनि गरिने जनाइएको छ। सजाय निर्धारणका लागि पेशी तोकिएका मुद्दाहरु नियमित सुनुवाइ गरिनेछ। यीबाहेकका अन्य सेवाहरु तत्कालका लागि बन्द भएका अदालतले जनाएको छ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०७८ माघ ९

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP