
कैलाली – सुदूरपश्चिम प्रदेशको कैलाली–कञ्चनपुरका थारू समुदायमा भलमन्सा (बडघर) छान्ने चटारो छ । सांस्कृति पर्व माघी सकिएसँगै थारू समुदायमा भलमन्सा छान्ने चटारो सुरु भएको हो ।
थारू समुदायले माघ महिनालाई नयाँ वर्षका रूपमा समेत लिएर मनाउने गरेका छन् । तेस्रो लहरको कोरोना संक्रमण फैलिरहेको बेला थारू समुदायमा भलमन्सा छानिरहेका छन् ।
माघको पहिलो सातामा नयाँ नेतृत्व अर्थात् वर्गघर (भलमन्सा), चौकीदार, बर्का गुरुवा (ठूलो) र कसौका गुरुवा (सानो) चयन गर्ने परम्परा चलिआएको छ । अब आउने नयाँ नेतृत्वले गाउँलाई चलाउन सक्ने हुनुपर्छ ।
‘भलमन्सा, चौकीदार प्रशासनिक क्षेत्र र सामाज लगायत धेरै जिचमा अब्बल भएको व्यक्तिहरु आउनुपर्छ,’ कैलालीको धनगढी उपमहानगरपालिका–६ जाली गाउँका बुद्धिराम चौधरीले भने, ‘यसमा नातावाद, कृपावाद हुनुहुँदैन । आउने नयाँ भलमन्सा भनेको नेतृत्व गर्न सक्ने हुनुपर्छ ।’
सबै ठाउँमा गएर बोल्न सक्ने सबैका कुरालाई सम्बधित ठाउँसम्म पु-याइदिन सक्ने व्यक्तिलाई नै भलमन्सा बनाउनुपर्ने सोही ठाउँका दिलबहादुर चौधरीले बताए । आउने नेतृृत्वले आउँदो माघीसम्म टोललगायत समुदायलाई चलाउनुपर्ने उनले बताए ।
यो गाउँम वर्तमान भलमन्सा झरीलाल चौधरी पुनः भलमन्सामा चयन भएका हुन् । उनी अहिले लगाएर चौथो पटक जाली गाउँको भलमन्सामा नियुक्त भएका हुन् । आफ्नो तीन पुस्तासमेतले भलमन्सा गर्दै आएको नवनियुक्त भलमन्सा झरीलाल चौधरीले बताए ।
‘अहिलेसम्म राम्रो गरेको भन्दै गाउँका मान्छेले पुनः मलाई भलमन्सामा चुनेका छन्’ उनले भने । गाउँ टोलमा सबैलाई मिलाएर लैजाने र विकासका लागि आफू लागि पर्ने उनले बताए ।
गाउँमा रोग नआवस भनेर गाउँको चारै कुना (चार किल्ला) बन्धन गर्ने गरेको वडा नम्बर ६ का वडाध्यक्ष भागीराम चौधरीले बताए । बाहिरबाट टोल समुदायमा आक्रमण नहोस भनेर चारै तिर गुरुवा, भलमन्सा र चौकीदारलाई बार बनाउने गरेको उनले बताए ।
‘विकासका लागि हामीहरू एक जना छनोट गर्छौं, उहाँको कुरा टोलमा सबै जनाले मानुन भनेर भलमन्सा बनाउने गरेका छौँ,’ उनले भने, ‘विवाहको बेला होस वा मान्छेको मृत्यु भयो भने उनीहरूको दाहसंस्कारका लागि भलमन्सा, चौकीदारको ठूलो महत्त्व हुन्छ ।’
थारू समुदायमा हरेक वर्ष माघमा आफ्नो समुदायको नेतृत्व गर्ने व्यक्ति भलमन्सा छान्ने चलन छ । गाउँभरमा हुने सामाजिक कार्यको नेतृत्व भलमन्साले नै गर्छन् । यतिबेला कैलालीका थारू समुदायमा भलमन्सा, अघरिया, चिरकिया (चौकीदार), गाउँ गुरुवा, गाउँ सचिव चयनको चटारो छ ।
भलमन्साको नेतृत्वमा रहने गाउँका अगुवाको यही समूहले एक वर्षसम्म गाउँमा नेतृत्व गर्छ, गाउँमा हुने हरेक सामाजिक कार्य यही समूहको अगुवाइमा हुन्छन् । भलमन्साको नेतृत्वमा रहने टिमले वर्षभरि गरेका कामको समीक्षा गाउँभरिका मानिस जम्मा भएर माघमा गर्छन् ।
दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...