२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

३१ डिसेम्बर : चीनको वुहान सहरमा पहिलो पटक कोभिड देखिएको दिन

विश्वलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरसको संक्रमण पहिलो पटक पुष्टी भएको आज दुइ वर्ष पुगेको छ । सन् २०१९ को ३१ डिसेम्बरमा चीनको वुहानमा भाइरल निमोनियाजस्तै ज्वरो देखिएको थियो, जसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड १९ नाम दिएको थियो । विभिन्न भेरियन्टमा देखिएको कोभिड विश्वव्यापी महामारी बनेको छ । कोभिडका कारण अहिलेसम्म विश्वमा ५३ लाख ७० हजारको ज्यान गएको छ । विभिन्न देशमा कोभिडका विभिन्न लहर देखिएका छन् । बेलायत र फ्रान्समा क्रमशः चौंथो र पाँचौं लहर देखिएका छन् । कोभिडका कारण पछिल्लो समय युरोप र अमेरिका नराम्रोसँग प्रभावित छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण महामारीले झन बिकराल रुप लिएको विज्ञहरुले बताएका छन् । 

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०७८ पुष १६

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP