
टेलिभिजनको युग ब्ल्याक एण्ड ह्वाइटबाट शुरु भएको थियो। त्यसपछि टेलिभिजन रंगीन भयो।
टेलिभिजन प्रविधिमा अनेक परिवर्तन आइरहेका छन्। कहिले थ्रिडी आयो, कहिले एचडी, अहिले स्मार्ट टिभी प्रचलनमा छ।
अहिले अर्को एकदम फरक खालको टेलिभिजन बनाइएको समाचार आएको छ।
यो हो लिकेबल टिभीको कुरा, अर्थात चाट्न सकिने टिभीको यहाँ उल्लेख गरिएको हो।
अमेरिकी सञ्चारमाध्यम रोयटर्सका अनुसार जापानका एक प्रोफेसरले एउटा यस्तो टेलिभिजन बनाएका छन् जसबाट खानाको स्वाद लिन सकिन्छ।
यो टिभीलाई टेस्ट-द-टिभी भनिएको छ। यसमा १० वटा क्यानिस्टर जडान गरिएको छ, जसले हाइजेनिक फिल्ममा स्वाद स्प्रे गर्छ। यो फिल्म त्यसपछि टिभी स्क्रिनमा घुम्छ र दर्शकहरूले यसलाई चाटेर खानेकुराको स्वाद चाख्न सक्छन्।
यो टेलिभिजन बनाउने जापानको मेइजी युनिभर्सिटीका प्रोफेसर होमी मियाशिता यो टिभीको माध्यमबाट खाना पकाउने वा रेस्टुराँ व्यवसायमा संलग्न व्यक्तिलाई टाढाबाट तालिम दिन सकिने बताउँछन्।
बजारमा ल्याइएमा यसको मूल्य ८ सय ७५ डलर अर्थात करिब ७३ हजार रूपैयाँ हुने उनको अनुमान छ।
प्रोफेसर होमी मियाशिताले रोयटर्ससँग भने, ‘मेरो लक्ष्य भनेको मानिसहरूले आफ्नो घरमा बसेर संसारका कुनै पनि भागमा रहेका रेस्टुरेन्टको खानाको स्वाद लिन सकुन्।’
उनी हाल अन्य टिभी निर्माताहरूसँग वार्ता गरिरहेका छन्। उनको योजना एक दिनमै सबै स्वादहरू डाउनलोड गर्ने अवधारणा पनि रहेको छ।
प्राध्यापक मियाशिताले कोरोना महामारीका बेला विश्व नै ठप्प हुँदा यस प्रकारको प्रविधिबाट मानिसले आफ्नो ठाउँबाट बाहिरी दुनियाँसँग सम्पर्क स्थापित गर्न सक्ने बताएका छन्।
दिपायल – डोटीको शिखर नगरपालिका–८ गोल्मागाडस्थित सेती नदी किनारमा एक...