२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

बैतडीमा हत्या आरोपमा एकजना पक्राउ

बैतडी – हत्याको आरोपमा बैतडीमा प्रहरीले एक जनालाई सोमबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको सिगास गाउँपालिका – ७ का ३० वर्षीय रमेशसिंह ऐर रहेका छन्।

सिगास – ८ का ५५ वर्षीय कटक बोहराको हत्यामा संलग्न रहेको भन्दै रमेशलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख,प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

गत मंसिर १३ गते राति कालपोखरी मन्दिरको जात्रामा गएका कटक बोहरा मंसिर १६ गते मृत फेला परेका थिए। टाउको र शरीरमा घाउचोट देखिएकाले कटकको हत्या गरिएको भन्दै आफन्तजनले निवेदन दिएपछि प्रहरीले अनुसन्धान गरेको थियो।

घटना भएको भोलिपल्टदेखि फरार रहेका रमेशमाथि प्रहरीले निगरानी बढाएको थियो। पक्राउ परेका ऐरले मंसिर १३ गते राती कटक बोहरासंग विवाद भएको र सो बेला कुटपीट गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् । ऐर माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०७८ पुष १३

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP