
बैतडी – बढ्दै गएको सवारी दुर्घटनाको न्युनिकरणका लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले ‘२ मिनेट चालकसँग’ कार्यक्रम सञ्चालन गरेको छ ।
सवारी दुर्घटनालाई न्युनिकरण गर्न ट्राफिक प्रहरीले चालकहरुलाई सम्झाई बुझाई गर्ने गरी कार्यक्रम सञ्चालन गरेको हो ।
यात्राका क्रममा हुने दुर्घटना न्युनिकरण गर्न कार्यक्रम आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका कार्यालय प्रमुख आकाश रावलले बताए ।
उनले कार्यक्रम अन्र्तगत ट्राफिक नियम पालना गरी सवारी साधन चलाउन चालकहरुलाई सम्झाई बुझाई गर्ने गरेको बताए ।
चालकले सावधानी अपनाएर सवारीसाधन हाँके सवारी दुर्घटना कम हुने उनले बताए । यसका साथै जिल्लाका विभिन्न स्थानमा कडाईका साथ सवारी साधन चेकजाँच गरिरहेको उनले बताए ।
जिल्ला प्रहरी कायर्लय बैतडीका अनुसार चालु आर्थिक वर्षमा अहिलेसम्म सवारी दुर्घटनामा परेर जिल्लामा १५ जनाको ज्यान गइसकेको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...