२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख भट्टको निधन

डडेल्धुरा-  जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेश भट्टको निधन भएको छ। एक्कासी बेहोस भएपछि उनलाई मंसिर २८ गतेदेखि उपचारका लागि काठमाडौंको अन्नपूर्ण अस्पतालमा भर्ना गरिएको थियो।

सुगर लेभल र ब्लड प्रेसर बढेपछि चिकित्सकले उनलाई ब्रेन हेमरेज भएको बताएका थिए। उपचारकै क्रममा रहेका उनको सोमबार निधन भएको आफन्तले बताएका छन्। 

५० वर्षीय भट्ट नेपाली कांग्रेसबाट जिसस प्रमुखमा निर्वाचित भएका थिए। नेपाल तरुण दलका पूर्व केन्द्रीय सचिव समेत भएका भट्ट यस पटक कांग्रेस डडेलधुरा प्रदेश (ख)का क्षेत्रिय सभापति थिए।

डडेल्धुरा जिल्ला अदालत बार ईकाइका पूर्वअध्यक्षसमेत उनि जिल्ला समन्वय समिति महासंघका केन्द्रीय उपाध्यक्ष पनि हुन्।

जनआन्दोलमा उनले करिब ३ महिना जेल जीवन बिताएका थिए। २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘कू’ गरेपछि उनीलगायत ४ जनाले डडेल्धुरामा आन्दोलनको नेतृत्व गरेका थिए। माघ २५ गते उनीहरू जेल परेका थिए। उनका २ छोरी र १ छोरा छन्।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ पुष ५

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP