२०८३ बैशाख ८, मंगलवार
April 21, 2026, Tuesday

१८ लाख रकमसहित हुण्डी कारोबारी पक्राउ

काठमाडौं – स्रोत नखुलेको १८ लाख रुपैयाँसहित पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

आज दिउँसो वीरगञ्ज वीरगञ्ज महानगरपालिका–८ घण्टाघर स्थित सडकखण्डमा आदर्शनगर जाँदै गरेको ना.१६ प. ५४४६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकलमा सवार वीरगञ्ज–१० का २८ वर्षीय चन्दनकुमार साह र ४४ वर्षीय ओमप्रकाश गुप्तालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। 

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७८ मंसिर २६

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP