२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

बैतडीमा किशोरी बलात्कार प्रकरण : चार जना गाउँबाट फरार

बैतडी – बैतडीको सिगास गाउँपालिकाकी १६ बर्षीया किशोरीमाथि गत बर्ष बलात्कार भएको घटनामा संलग्न रहेकाहरु पक्राउ नपरेको किशोरीकी आमाले दाबी गरेकी छिन् । किशोरीमाथि बलात्कार गरेको आरोपमा गएको माघमा प्रहरीले दुईजनालाई पक्राउ गरेको थियो ।

उतिबेला आफन्तले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले दुईजनालाई पक्राउ गरेको थियो । सिगासका लक्ष्मण धामी र टेकबहादुर धामी अहिले कारागारमा छन् ।

यो बर्ष ती किशोरीकी आमा पनि आफ्नै ससुराबाट बलात्कृत भएपछि उनले छोरीको बलात्कारमा संलग्न अरु मानिस नै भएको बताएकी हुन् ।

बलात्कारबाट गर्भवती भएकी ति किशोरीले अहिले बच्चा जन्माईसकेकी छिन् भने किशोरीकी आमा समेत बलात्कारबाट गर्भवती बनेकी छिन् । उनले आफूमाथि बलात्कार गर्ने ससुरालाई कारवाहीको माग गर्दै आएकी छिन् ।

ती महिलाले आफ्नी छोरीमाथि बलात्कार गर्ने अरु नै भन्ने आरोप लगाएपछि अहिले गाउँबाट चार जना फरार भएका स्थानीयहरुले बताएका छन् । सिगास ५ का प्रते धामी, रामसिंह धामी, खडक धामी र मदन धामी फरार भएका हुन् । उनले कारागारमा रहेकाहरु बलात्कारी नभएर अरु नै भएको आरोप लगाएकी छिन् ।

किशोरीकी आमाले छोरीको बलात्कारमा संलग्न रहेकाहरुको नाम सार्वजनिक गर्न थालेपछि उनीहरु फरार भएका हुन सक्ने आशंका गरिएको छ । गाउँबाट चार जना फरार भएका छन् भन्ने कुरा आफूले पनि सुनेको सिगास गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रामबहादुर धामीले बताए ।

साभार

Related News

नतिजा छिटो, तर विश्वसनीयतामाथि प्रश्न: कक्षा १२ पुनर्योगमा ३२ हजार आवेदन, एसईईमा ५.८१% नतिजा परिवर्तन
नतिजा छिटो, तर विश्वसनीयतामाथि प्रश्न: कक्षा १२ पुनर्योगमा ३२ हजार आवेदन, एसईईमा ५.८१% नतिजा परिवर्तन
  • २०७८ मंसिर २५

  काठमाडौं – सरकार र राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष...

TOP