२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026, Sunday

नेकपा एस डोटीको अध्यक्षमा बोगटी

डोटी – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले डोटीमा जिल्ला कार्यसमिति घोषणा गरेको छ ।

सोमबार आयोजित जिल्ला कमिटी घोषणा तथा कार्यकर्ता भेटघाट कार्यक्रमबाट दीर्घ बोगटीको नेतृत्वमा १०५ सदस्यीय जिल्ला कार्यसमिति घोषणा गरेको हो । पार्टीका केन्द्रिय सदस्य पूर्णा जोशीको प्रमूख आथित्यतामा जिल्ला कमिटि घोषणा गरिएको हो ।

बोगटी पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष हुन् । स्थानिय तहको निर्वाचनमा उनी नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए ।

उनी तत्कालिन नेकपा एमाले र त्यसपछिको नेकपाका जिल्ला कमिटि सचिवालय सदस्य थिए । यसै बीच उक्त पार्टीको जनवर्गीय संगठन अखिल नेपाल महिला संगठन र राष्ट्रिय युवक संगठन समेत विस्तार गरेको छ ।

जिल्ला कमिटि सदस्य मोहन बमका अनुसार जानकी भट्टको संयोजकत्वमा ३७ सदस्यीय अखिल नेपाल महिला संगठन र महेन्द्र कुँवरको संयाजकत्वमा ४१ सदस्यीय राष्ट्रिय युवक संगठन विस्तार गरिएको हो ।

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०७८ आश्विन ११

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP