२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

डेउडा प्रतिष्ठानको आयोजनामा गौरा पर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

डोटी- डोटीमा गौरा पर्व विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शिखर नगरपालिकाको सहयोगमा डेउडा प्रतिष्ठान डोटीले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

“भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्नु हाम्रो दायित्व हो ।” नारा सहित आयोजित कार्यक्रममा कलाकारहरुको प्रस्तुतिसँगै शुभकामना आदान प्रदान गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष शेर बहादुर साउदको सभापतित्वमा भएको उक्त कार्यक्रममा नगर प्रमुख सीताराम जोशी प्रमुख अतिथि रहेका थिए भने नगर उप प्रमुख धौली देवी रावल विशिष्ठ अतिथि थिए । कार्यक्रममा गायक, कलाकार, लेखक, कला संस्कृतिको संरक्षणका लागि काम गर्ने व्यक्तिहरु लगायत स्थानीयको सहभागिता रहेको थियो ।

लोप हुँदै, मासिदै गएका लोक पर्व र परम्पराको संरक्षण गर्न जरुरी छ भन्ने सन्देश दिन र सो पर्वहरुको संरक्षण र प्रवृद्धन गर्नका लागि कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष साउदले बताए ।

कार्यक्रममा गायक सर्जक केशबराज फुराला, शेर विष्ठ, दलबहादुर भण्डारी रमेश नागरी लागायत सहभागी अन्य व्यक्तिहरुले आफ्नो प्रस्तुती राखेका थिए । प्रतिष्ठनका अध्यक्ष साउद र नगर उपप्रमुख रावलले समेत गायनबाट शुभकामना सन्देश दिएका थिए । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सल्लाहकार रामबहादुर रावलले गरेक थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख जोशीले सुदूर तथा मध्यपश्चिमको लोक पर्व गौरा लगायतका अन्य पर्वहरुको संरक्षण र प्रबृद्धनका लागि आफु कटिबद्ध रहेको बताए । यहाँको भाषा, कला, साहित्य, धार्मिक पर्यटन, विशेष पर्वहरु र परम्परागत रितिरिवाजहरुको संरक्षणका लागि सो क्षेत्रमा काम गर्ने संघ संस्था र व्यक्तिहरुको समन्वयमा विशेष कार्यक्रम बनाएर अगाडी बढ्न तयार रहेको उनले भनाई थियो ।

नगर उप प्रमुख धौली देवी रावलले पर्व, परम्परा, संस्कृती संरक्षणका लागि डेउडा प्रतिष्ठनले व्यक्त गरेको चिन्ता, चासो र कार्यक्रमका लागि अन्यबाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि समन्वय र सहकार्य गरेर कार्यक्रमहरु आयोजना गरिने बताइन् ।

स्रष्टालाई सम्मान

कार्यक्रममा सहभागी प्रस्तुति राख्ने कलाकार र सृष्ठालाई कदर पत्र प्रदान गरिएको थियो भने एक जना स्रष्टालाई सम्मान गरिएको थियो ।

गायक एवंम् स्रष्टा केशबराज फुलारालाई दोसल्ला सहित प्रमाण पत्रले सम्मान गरिएको हो । लोमो समय देखि लोक डेउडा गीतहरु सृजना गर्दै, सयौं देउडा गीतहरुमा आवाज भर्दै यहाँको भाषा, साहित्य, कला संस्कृतीको संरक्षण र प्रबृद्धनमा योगदान पु¥याए वाफत सम्मान गरिएको हो ।

सम्मान गृहण गर्दै फुलाराले डडेउता प्रतिष्ठान डोटीलाई धन्यबाद ज्ञापन गर्दै यो क्षेत्र काम गर्न अझै हौसला मिलेको बताए ।

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०७८ भाद्र १५

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP