
डोटी – असार मसान्तकै बीच पूर्वीचौकी गाउँपालिकामा ताला लगाइएको छ । गाउँपालिकाका अध्यक्षले खेलकुद बजेट आफू निकटका व्यक्तिलाई दिएको आरोप लगाउँदै स्थानीय युवाहरुले ताला लगाएका हुन् ।
गाउँपालिकाले सबै वडाका युवाहरु समावेस गरिएको समितिलाई खेलकुद बजेट नदिएर अवैधानिक आफू अनुकुलको समितिलाई मसान्तको अन्तिममा ५ लाख बराबरको बजेट दिएको स्थानीय युवा भुवन कठायतले बताए । गाउँपालिकालाई सल्लाह सुझाब दिन जाँदा नमाने पछि ताला लगाउनु परेको उनले बताए ।
पूर्वीचौकी गाउँपालिकामा पटक – पटक तालाबन्दी हुँदै आएको छ। असार मसान्तकै बीच गाउँपालिकामा ताला लागेपछि नीति तथा कार्यक्रम र चालू योजनाको भुक्तानीमा समेत प्रभावित हुने भएको छ।
दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...