२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

सेती नदीमा देखिएको शव निकाल्न नसक्दा पुनः बेपत्ता

डोटी – डोटीस्थित सेती नदीमा देखिएको शव निकाल्न नसक्दा पुनः बगेर बेपत्ता भएको छ । आइतबार दिउँसो शिखर नगरपालिका–६ अणिउलस्थित सेती नदीमा तैरिरहेको अवस्थामा देखिएको शव पुनः बगेर बेपत्ता भएको हो ।

शव निकालनका लागि जिल्ला प्रहरी कार्यालय डोटीबाट टोली खटाइएको थियो । पुरानो कुहिएको शव पानीको बाहब उच्च रहेको नदीको बीचमा भएका कारण निकाल्न नसकिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर मल्लले बताए । देखिएको ठाउँबाट शव बगेर पुनः हराएको उनले बताए ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ असार ७

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP