२०८३ बैशाख ८, मंगलवार
April 21, 2026, Tuesday

डडेल्धुरामा स्वास्थ्यकर्मी मृत फेला, हत्याको आशंका

डडेल्धुरा- डडेल्धुरामा एक स्वास्थ्यकर्मी जंगलमा मृत फेला परेकी छन् । परशुराम नगरपालिका-८ स्थित जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी अस्मिता धामी मृत फेला परेकी हुन् । 

हट्टवानी सामुदायिक वनमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । शव भेटिएको जानकारीपछि इलाका प्रहरी कार्यालय जोगबुढा र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी टोली घटनास्थलमा गएको छ । 

धामीको हत्या गरेर जंगलमा फालेको हुन सक्ने अनुमान गरिएको छ । घटनास्थलमा गएको टोलीसँग सम्पर्क नहुँदा घटनाबारे विस्तृत जानकारी आउन नसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी महेन्द्र नेपालले बताए ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७८ असार ५

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP