२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

सायलमा जमिन भासिदा दुई तले घर भत्कीयो

डोटी- सायल गाउँपालिकामा जमिन भासिएर दुई तले घर भत्किएको छ । गाउँपालिकाको वडा नं. १ गौराडी गैतोलाका गोरख बहादुर देउवाको घर भत्किएको प्रहरीले जनाएको छ ।

शनिबार घरमुनीबाट जमिन भासिएपछि घरको अगाडीको भित्ता भत्किएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर मल्लले बताए । घरमा क्षति भए पनि मानविय तथा चौपाया क्षति नभएको उनले बताए ।

घटना स्थलमा छपाली अस्थायी प्रहरी पोष्टका प्रहरी साहयक निरीक्षक राम दत्त पन्तको कमाण्डमा टोली खटिएको छ ।

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०७८ असार ५

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP