
डोटी- कोरोना महामारीका कारण जारी लकडाउनको मौका छोपी व्यापारीहरुले आफु खुसी मुल्य वृद्धि गरेको प्रति उद्योग वाणिज्य संघ डोटीले ध्यानाकर्षण जनाएको छ । व्यपारीहरुले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेको गुनासो बढेपछि संघले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो ।
उद्योग वाणिज्य संघका महासचिव दिपक बहादुर खड्काद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ,‘ विभिन्न सञ्चार माध्यम तथा सामाजिक संजालमा व्यवसायीहरुले आफु खुसी चर्को मुल्य लिदै आएको भन्ने खवर प्रति यस संघको ध्यानाकर्षण भयको छ ।’
विज्ञप्तिमा महामारीको विषम परिस्थितिमा समस्याको फाईदा उठाउदै कृतिम अभाव सृजना गर्ने, चर्को मुल्य असुल गर्ने, कालोबजारी गर्ने लगायतका गलत कार्य नगर्न अनुरोध गर्दै यस्ता प्रबृत्ती निरुत्साहीत गर्न डोटी उद्योग वाणिज्य संघ प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।
सम्भावित अभावको अवस्थालाई सामना गर्न दैनिक अत्यावश्यक उपभोग्य सामाग्रीको आपूर्तिको व्यवस्थापनमा डोटी उद्योग वाणिज्य संघले आवश्यक भूमिका निर्वाह गर्ने जनाउँदै संघले कालोबजारी गर्ने गलत प्रबृत्तिमा नलाग्न सबै व्यवसायीमा आह्वान गरेको छ ।
आपूर्ति व्यवस्थाको अस्तब्यस्तताले गर्दा बजारमा आवस्यक मालसामानको हाहाकार, मूल्यबृद्घि र कालोबजारि बढ्दै गईरहेको ठहर गर्दै संघले महामारी नियन्त्रणको दीर्घकालिन उपाय बन्दाबन्दी मात्रै नभएको उल्लेख गर्दै राज्यलाई खोपको व्यवस्था गर्न आग्रह गरेको छ । बन्दाबन्दीका कारण कच्चा पदार्थ र मानवीय जनशक्तिको अभावले आवश्यक बस्तुको उत्पादनमा समेत समस्या हुन थालियको उद्योग वाणिज्य संघले जनाएको छ ।
संघले डोटी जिल्लामा हालको अवस्थामा खाद्यान्न लगायत अत्यावश्यक दैनिक उपभोग्यका सामग्रीको अभाव नदेखियको जनाएको छ । आउन सक्ने सम्भावित परिस्थितिलाई मध्यनजर गर्दै आपूर्ति व्यवस्थापनमा सहकार्य र सहजताकालागि राज्यसंघ आग्रह गरिएको छ ।
जिल्लाका प्रमुख बजारहरुमा दाल, चामल, तेलदेखि तरकारीलगायत दैनिक उपभोग्य वस्तुहरूमा मूल्य वृद्धि भएको उपभोक्ताको आरोप छ । यहाँका प्रमुख बजार पिपल्ला, राजपुर, सिलगढी, दिपायल, विपीनगर, गोपघाट क्षेत्रमा प्रायः दैनिक उपभोग्य वस्तुको बजार मूल्य अघिल्ला महिनाको तुलनामा ५० प्रतिशतसम्म बढाइएको छ ।
कोरोना संक्रमणको समयमा बजार अनुगमन हुन नसकेका कारण व्यापारीले दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य लिन थालेको उपभोक्ताहरुको गुनासो छ ।

दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...