
विश्व अहिले कोभिडले गर्दा पुरै अस्तव्यस्त छ कोभिडले गर्दा सबै क्षेत्रमा यसको प्रभाव परेको छ तर आज हामी यहाँ विशेष गरेर कोभिडले गर्दा धेरै प्रभावित क्षेत्र शौक्षिक क्षेत्रको चर्चा गर्ने छौ ।
अहिले विद्यालयहरु बन्द छन् एक महिना भन्दा बढि समय भयो बालबालिकाहरु घर भित्र नै सिमित छन् । यो वर्ष विद्यालय बन्द भएको यो वर्षको बार्षिक परिक्षा कसरी संचालन गर्ने अहिले सम्म पनि सरकारले कुनै निर्णय गरेको छैन केहि स्थानिय तहले निरन्तर मुल्याङन वा अघिल्लो अर्धबार्षिक परिक्षालाई आधार मानेर नतिजा प्रकाशनको तयारी गरीरहेका छन् । यो नतिजा प्रकाशन गर्दा पनि विद्यार्थीले नयाँ पुस्तक सहित नयाँ कक्षामा बसेर कहिले कक्षा संचालन हुन्छ अहिले सम्म कुनै तयारी नै छैन ।
अहिले अभिभावक ले आफ्ना नानि बाबु सँग प्रशस्त समय विताउन अवसर पाएको छन् यस अवसर लाई अभिभावक र बालबालिकाहरुले शिक्षा आर्जनमा उपयोग गर्ने सक्नु पर्देछ । विद्यालयका कक्षा कोठा मा बसेर नियमित समय तालिमा रहेको पठन पाठन गर्नु औपचारिक शिक्षा हो तर शिक्षा अनौपचारीक पनि हुन्छ कक्षा कोठा मा पठाउदा मात्रै शिक्षा भन्ने होईन अभिभावकले आफ्ना नानिबाबुको लागी शिक्षक वा सार्थी भएर पनि केहि सिकाउन सकिन्छ । त्यस हो भए अब के सिकाउने त्यस बारेमा थोरै चर्चा गरांै ।
१. अभिभावकले आफ्नो छोराछोरी सँग प्रशस्त समय विताउने यस्तो माहामारीको बेला उनीहरुलाई मनो परार्मश दिने उनीहरु लाई ढाडस दिने। पहिले हामीले आफ्नो व्यस्तताले उनीहरु समय विताउने , अनुभव साँट्ने अवसर मिलेको थिएन ।उनीहरु सँग साथी को व्यवहारमा उनीहरुका कुरा सुन्ने, केहि खेलहरु खेल्ले जसले गर्दा उनीलाई तपाई प्रति नजिक ल्याउने बातावरण तयार गर्दछ भने उनीको मनमा नराम्रो बिचार आउदैन ।
२.बालबालिकाहरु लाई अभिभावकहरुले अहिले उनीहरुको सिप विकासमा सहयोग गर्ने । हाम्रो घरमा पनि धेरै सिक्नु कुराहरु छन् छोरा छोरी लाई घरायसि कामहरु भान्साको ,बारीको ,घर आँगन सरसपाई गर्ने तयारी र अन्य काम गर्ने सिकाउने । छोरा छोरी लाई खानाका परिकार पकाउन सिकाउने यस गर्दा पछि उनीहरु लाई सहज हुन्छ । त्यस गरी बारीमा तरकारी लगाउने प्रक्रियाका बारेमा पनि हामी उनीहरुलाई सिकाउन सक्छौ। धान रोप्ने तरीका र त्यस बाट चामल उत्पादन गरी भात सम्मको प्रक्रियाका बारेमा उनीहरु लाई हामी सिकाउन सक्छौ । विद्यालयमा रहेको कृषि,पेशामा पनि यस्ता कुरा सिकाईएको हुन्छ यस्ता कुरा हामीले अहिले खालि समयमा सिकाउन सक्यौ भने बालबालिकाहरुलाई व्यवहारी ज्ञानमा सिकाई हुन्छ ।
३. एउटै घर, परिवार वा टोलमा पनि विभिन्न कक्षामा अध्ययनरत दाजु दिदि हुन्छन् । ठुलो कक्षामा रहेका दाजु दिदिले सानो कक्षामा अध्ययनरत साना भाई बहिनि सँग बसेर आफ्नो अनुभव पनि साटसाट गर्ने सक्छन् भने उनीहरुलाई समुहमा बसेर कथा, कविता, सुनाउन सक्छन् भने केहि नजानेको कुरा पनि सिकाउन सक्छन् । यसरी समुहमा बसेर चित्र बनाउने केहि खेलखेल्ने र समुहमा बोल्ले बानिको विकास गर्ने सकेमा सिकाई सँगै सिपमा पनि सिकन्छ यसमा अभिभावकले सहजिकरण भुमिका खेल्नु पर्देछ ।
यसरी माथि उल्लेख गरीका केहि उदाहरण मात्र हुन यो भन्दा पनि बढि गर्ने सकिन्छ । धेरै ले लकडाउन लाई पनि उपयोग गरेर सिकाई सँग व्यवहारीक जिवन पनि सहज बनाएका छन्। यस्तो अवस्थामा अभिभावक भनेका विद्यार्थी नजिक शिक्षक हुन। त्यसले आफ्नो बालबालिकाहरु लाई एक्लो महशुस गर्ने नदिनु होस। उनीहरु अहिले साथी विहिन छन् तपाई उनीहरुको साथी बनेर साथ दिनु होस। सबै बेला घर परिवार सँग बस्न नमिल्न सक्छ त्यसले आफ्नो परिवारका सदस्यको भावना बुस्नु होस असल परिवार निमार्णमा लाग्नु होस् ।
दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...