२०८३ कार्तिक ९, आईतवार
October 25, 2026, Sunday

नक्कली प्रेस पास र ज्याकेट प्रयोग गर्नेलाई कडा कारवाही गर्ने प्रेस काउन्सिलको चेतावनी

काठमाडौं- प्रेस काउन्सिल नेपालले गैरपत्रकारलाई प्रेस पास र प्रेस ज्याकेटको दुरुपयोग नगर्न सचेत तुल्याउँदै कारवाहीको चेतावनी दिएको छ । प्रेस काउन्सिल नेपालका प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले लकडाउनको अवधिमा प्रेस पास र प्रेस ज्याकेटको दुरुपयोग बढेको सन्दर्भमा आइतबार विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘केही गैरपत्रकार व्यक्तिले नक्कली प्रेस पास र नक्कली ज्याकेट प्रयोग गरेर समाजमा भ्रम छरिरहेका समाचारहरु आउन थालेका छन् ।’

विज्ञप्तिमा नेपाल पत्रकार महासंघ, सूचना तथा प्रसारण विभाग र सम्पूर्ण व्यावसायिक पत्रकारलाई पनि यस विषयमा गम्भीर हुन आग्रह गरिएको छ ।

‘नक्कली प्रेस पास र आफ्नै ढंगको प्रेस ज्याकेट बनाएर त्यसको आवरणमा विभिन्न आपराधिक क्रियाकलाप गर्दै व्यावसायिक पत्रकारिताको हुर्मत लिनेहरूलाई यस्तो गलत कार्य नगर्न प्रेस काउन्सिल नेपाल चेतावनी दिन चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यदि यस्ता गतिविधि नरोकिएमा र प्रेस पास र प्रेस ज्याकेटको दुरुपयोग गरी गैरपेशागत कार्य गरेको पाइएमा काउन्सिल कडा कारवाही गर्न बाध्य हुने हुँदा यस्तो कार्य नगर्न नगराउन यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’

Related News

सेती नदी किनारमा युवकको शव फेला
सेती नदी किनारमा युवकको शव फेला
  • २०७८ जेष्ठ २

दिपायल – डोटीको शिखर नगरपालिका–८ गोल्मागाडस्थित सेती नदी किनारमा एक...

TOP