२०८२ फाल्गुन २९, शुक्रबार
March 13, 2026, Friday

फ्रान्सबाट आएकी किशोरीसंगै विमानमा आएका चार जनाको पहिचान

फ्रान्सबाट नेपाल आएकी कोरोना संक्रमित किशोरी संगै विमानमा आएका चार जना नेपालीको पहिचान भएको छ । गत चैत्र ४ गते फ्रान्सबाट फर्किएकी कोरोना संक्रमित १९ वर्षीया किशोरी फर्किएको जहाजमा कपिलवस्तुका एक जना, धरानका दुई जना र बागलुङका एक जनाको पहिचान भएको हो ।

पहिचान भएका बुद्धभुमी ३ रनगाई कपिलवस्तुका युवालाई क्वारेन्टाइनमा राखिएको छ । उनलाई नगरपालिकाले गोरुसिंगेको थारु कल्याणकारी सभामा तयार पारिएको क्वारेन्टाइनमा राखेको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए । हालसम्म उनमा कुनै लक्षण नदिएको बताइएको छ ।

कोरोना संक्रमित पुष्टी भएकी तिनै युवतीसंग एउटै प्लेनमा आएका धरान ६ र १६ का दुई व्यक्तिको पनि पहिचान भएको छ । उनीहरुलाई क्वारेनटाईनमा कसरी पठाउने भन्ने बारेमा उपमहानगरपालिकाको बैठकमा छलफल भईरहेको धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिएका छन् ।

त्यस्तै किशोरी फर्किएको जहाजमा बागलुङ नगरपालिका–५ का एक युवा फर्किएका थिए । किशोरीसँगै आएको बागलुङ ढोरपाटनका युवामा हालसम्म कुनै संक्रमणका लक्षणहरु नदेखिएको पाइएको छ । उनी फर्किएर आफ्नै गाउँमा पुगेको थाहा भएपछि मंगलबार ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा मिलन मल्ल सहितको टोली उनकै घरमा पुगेको थियो ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७६ चैत्र ११

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP