
डोटी- सञ्चार बिकास नेपाल डोटी द्धारा संचालित सामुदायीक रेडियो बडीकेदारले १०६.२ मेगाहर्जले आयोजना गरेको पाचँ दिने उद्घोषण कला तथा आधारभुत पत्रकारीता तालिम बिहीबार सम्पन्न भएको छ ।
आईतबार देखि बडीकेदार गाउँपालिका वडा नम्बर २ खड्यौलीमा संचालन भएको उत्त तालिमको एक औपचारी कार्यक्रमका बिच सम्पन्न भएको हो
पत्रकारीता क्षेत्रमा अभिरुची भएकाहरुलाई यो क्षेत्रमा प्रबेश गर्न सहजताहोस भन्ने हेतुले तालिमको आयोजना गरिएको रेडियो डोटीका स्टेशनम्यानेजर समेत रहेका सञ्चार बिकास नेपाल डोटीका अध्यक्ष गणेश मौनीले बताए । उनले भने पत्रकारीता पेशा आफैमा संम्बेदनशिल पेशा हो यस पेशामा प्रबेश गर्ने रुचि भएका जोकोही ब्यक्ति लगनशिल, मीहनती, संर्घषशिल हुन आवश्यक छ ।
तालिमबाट सिकेका कुराहरुलाई ब्यबहारमा लागु गर्न सके पनि मात्र तालिमको उपलब्धी मानिने अध्यक्ष मौनीले बताए । स्थानीय स्तरमा रहेका सवालहरुको उठान गर्नुका साथै यस क्षेत्रमा रहेको कला, संस्कृती र पर्यटकीय स्थलहरुको संरक्षणमा पनि रेडियोले विशेषध्यान दिनुपर्ने बडीकेदार गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष बुद्धीसागर बिनाडीले बताए ।
समापन सत्रमा बोल्दै बडीकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपकराज जैसीले स्थानीय स्तरमा भएका राम्रा अभ्यासहरुको उजागर गर्न र कमीकमजोरीहरुलाई हटाउन रेडियोले महत्वपूर्ण भुमिका निबार्ह गर्नुपर्ने बताए ।
समाज रुपान्तरण र हरेक क्षेत्रको बिकासमा रेडियोले महत्वपूर्ण भुमिका निवार्ह गर्नु पर्ने बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष इन्द्रा बोहरा भाटले बताईन् । उनले भनीन् डोटीको दक्षिण क्षेत्रमा रहेको यस ठाउँमा जिल्लाका कुनै सञ्चार माध्ययमको पहुच थिएन यस क्षेत्रमा एफ एम संचालनमा आएपनि आम नागरिकमाझ सुचनाको पहुचमा सहयोग पुग्नेछ ।
पाच दिन सम्म संचालन भएको तालिमको सहजिकरण सामुदायीक रेडियो पश्चिम आवाजका प्रबन्ध निर्देशक युवराज न्यौपालेले गनुभएको थियो । तालिममा डोटीको बडीकेदार,जोरायल,बोगटान गाउँपालिका, कैलालीको चुरे, मोहन्याल गाउँपािलका, घनगढी उप महानगरपालिका र गौरीगंगा नगरपालिकाबाट ३२ जना महिला पुरुषहरुको सहभागिता रहेको छ ।
तालिमको समापन सत्रमा बडीकेदार गाउँपालिकाका, जनप्रतिनिधी, कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।
दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...