२०८१ बैशाख १५, शनिबार
April 27, 2024, Saturday
कोरोनाविरुद्धको खोप अभियान सुरु

तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसक्ने प्रधामन्त्रीको प्रतिवद्धता

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान देशभर सुरु भएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप लगाउन सुरु गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल विधिबाट खोप अभियान सुरु गरेका हुन् । अभियान शुभारम्भ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश वाचन गरेर सुनाइएको थियो ।

प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइसक्ने बताएका छन् । सबैलाई निःशुल्क खोप उपलब्ध गराउने उनले बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौं । मेरो विचारमा तीन महिना लाग्न सक्छजस्तो लाग्छ ।’

Related News

आज हावाहुरी र वर्षाको सम्भावना
आज हावाहुरी र वर्षाको सम्भावना
  • २०७७ माघ १४

दिपायल- आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका केही...

TOP