२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

नेपालमा कोरोना संक्रमित भेटिएको पुष्टि : टेकु अस्पतालमा उपचार हुँदै

नेपालमा पनि एक जना कोरोना संक्रमित बिरामी भेटिएको पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनको शुक्रराज ट्रपिकल अस्पताल टेकुमा उपचार भैरहेको छ ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सोमबार आयोजीत पत्रकार सम्मेलनमा १९ वर्षीय युवतीमा कोरोना संक्रमण भेटिएको बताए । ढकालका अनुसार फ्रान्सबाट कतारको दोहा हुँदै गत मंगलबार नेपाल आइपुगेकी ति युवतीमा कोरोना संक्रमण भेटिएको हो ।

कोरोना आशंकामा अस्पताल भर्ना गरिएकी उनलाइ कोरोना संक्रमण भएको पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार भइरहेको ढकालले जनाएका छन् ।

नेपालमा उनीसँग भेटघाट भएका व्यक्तिहरुलाई पनि निगरानीमा राखिएको बताइएको छ ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७६ चैत्र १०

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP