२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

बालापन झल्काउने ‘हे निरा’

काठमाण्डौं । बालापन सँगै बिताएका दौंतरीको वर्षौं पछि भएको भेट । युवा अवस्थामा भेट हुँदा सम्झिएको समिक्षा गरिएको रमाईलो र लोभ लाग्दो क्षण ।

बालापन पछिको अर्धहोसी वयस्क, त्यही समयमा अरुले जिस्काईदिएर बनेको जोडी । युवा अवस्थामा आ–आफ्नो घर बसिसके पछिको भेटमा बालापन अनि वयस्क अवस्थाको समिक्षा अनि अर्को जुनीमा एक अर्काको हुँने अपेक्षा ‘हे निरा’ गीत र भिडियोमा झल्किएको छ ।

गायक सर्जक तथा कुशल सञ्चारकर्मी महेश नेपालको बालापनको झलझली याद दिलाउने ठटेउली मौलिक गित ‘हे निरा’ सार्वजनिक भएको छ । मौलिक लय, भाकामा प्रस्तुत उक्त गीत काठ्माण्डांै एक्स्प्रेस नामक युटुब च्यानल मार्फत डिजिटल बजारमा आएको छ ।

नेपालको लय र शब्द सृजनामा बजारमा आएको उक्त गीतमा सृजक स्वयम नेपाल र लोकप्रिय गायिका गितादेवी र ईन्दीरा अधीकारी वाग्लेको सुमधुर स्वर मावेश छ । मौसिलक र यथार्थ शब्द समावेश भएको सो गितले छोटो समयमानै दर्शक श्रोताको मन जित्न सफल भएको पाईएको छ ।

महेश नेपाल कै निर्देशनमा तयार भएको यस गितको म्युजिक भिडियोमा महेश नेपाल, गितादेवी, बिक्रम आचार्य, अमृत तिमल्सीना, प्रत्युष नेपाल, सन्तोष बिरही, पवन भट्टराई, अश्लेषा वाग्ले, ईन्दीरा अधिकारी (वाग्ले) लगायतको अभिनय रहेको छ । प्रतीक ब. श्रेष्ठको छायाँकन, चेतन सागरको सम्पादन र शितलराज गिरिको ब्यवस्थापनमा भिडियो तयार भएको हो ।

रेडियो तथा अनलाई पत्रकारितामा सक्रिय गायक सृजक तथा निर्देशक नेपालद्वारा सृजना गरिएका, गाएका थुप्रै गीत संगितहरु बजारमा छन् । नेपालले धेरैजसो काठे भाकाको उत्थान, सम्बृद्धन र संरक्षणका लागि गीतहरु गाउँने, सृजना गर्ने गरेका छन् ।


भिडियो हेर्नुहोस् ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ पुष १८

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP