२०७८ आश्विन ९, शनिबार
September 25, 2021, Saturday

सुदुरपश्‍चिम प्रदेश सरकारले एक किलो सलह ल्याए २५ रुपैँया दिने

धनगढी-सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सलह किरा ल्याए वाफत प्रति किलो २५ रुपैयाँ दिने भएको छ।भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अनिकाल निम्त्याउने एक किलो सलह किरा ल्याए २५ रुपैयाँ दिने निर्णय गरेको मन्त्रालयका प्रबक्ता खगेन्द्र शर्माले जानकारी दिए।

आइतबार धान दिवसको पूर्व सन्ध्यामा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माले सलह किराले पुर्‍याउन सक्ने क्षति कम गर्न विभिन्न उपाय अपनाउनका लागि मन्त्रालयले योजना बनाइरहेको बताए।

उनले भने–सलहको जोखिम कम गर्ने बिभिन्न उपाय छन् ति मध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २५ रुपैयाँका दरले नगद प्रोत्साहन दिने निर्णय मन्त्रालयले गरेको छ।’ सलह किरा जम्मा गरेर ल्याउनेलाई वडा कार्यालयहरुले तत्काल नगद दिने उनले बताए ।

सुदूरपश्चिम कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले सलह किराका बारेमा धेरै आत्तिनु पर्ने अबस्था नरहेको तर सर्तकता अपनाउन आवश्यक रहेको बताए। उनले भने–‘नेपालका केही ठाउँमा सलह किरा पुगेको खबर आएको छ, सुदूरपश्चिममा पनि नआउलान भन्न सकिन्न सर्तकता अपनाउनु पर्छ, निर्देशनालय तयसको तयारीमा जुटेको छ ।’

पत्रकार सम्मेलनमा निर्देशक जोशीले सुदूरपश्चिममा झण्डै ५० प्रतिशत रोपाई सम्पन्न भएको जानकारी दिए । उनका अनुसार शनिबारसम्म झण्डै ५० प्रतिशत रोपाई सम्पन्न भएको छ । यस वर्ष नियमित वर्षा भएका कारण छिटो रोपाई सुरु भएको उनले बताए । उनले भने–‘यसरी नै पानी परे यस बर्ष धान उत्पादनमा समेत बृद्धि हुन्छ ।’

पत्रकार सम्मेलनमा धान उत्पादनमा बृद्धि, आत्मनिर्भरता र सम्बृद्धि भन्ने नाराका साथ यस वर्षको धान दिवस मनाइने जानकारी दिईएको छ । तर कोरोना भाइरसको कहरका कारण विगतका वर्षहरुको जस्तो यस वर्ष औपचारिक कार्यक्रमको आयोजना भने नगर्ने मन्त्रालयका प्रबक्ता खगेन्द्र शर्माले बताए ।

Related News

धनगढीमा चक्कु हानाहान, २ जना घाइते
धनगढीमा चक्कु हानाहान, २ जना घाइते
  • २०७७ असार १४

धनगढी – धनगढीमा दुई समूहबीच विवाद हुँदा चक्कु हानाहान भएको छ। मासु पसल सञ्चालनको विषयलाई लिएर दुई पक्षबीच विवाद भएपछि चक्कु...

राजधानी तोकेको तीन वर्ष : पूर्वाधारका कामले गति लिन सकेन
राजधानी तोकेको तीन वर्ष : पूर्वाधारका कामले गति लिन सकेन
  • २०७७ असार १४

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको गोदावरीलाई स्थायी राजधानी तोकेको तीन वर्ष पुग्न लाग्दा पनि आवश्यक पूर्वाधार निर्माणको कामले गति लिनसकेको...

खलङ्गामा जडित सिसीटिभी क्यामेरा दुई वर्षमै बिग्रिए
खलङ्गामा जडित सिसीटिभी क्यामेरा दुई वर्षमै बिग्रिए
  • २०७७ असार १४

दार्चुला: दुर्घटना न्यूनीकरण तथा सुरक्षा निगरानीका लागि भन्दै सदरमुकाम खलङ्गामा दुई वर्षपहिले जडान गरेका सिसीटिभी क्यामेरा बिग्रिएका छन्। जिल्ला प्रहरी कार्यालयले...

TOP