२०८३ असार २३, मंगलवार
July 7, 2026, Tuesday

खुटिया–दिपायल द्रुतमार्ग निर्माणको दबाब बढाउन धनगढी उपमहानगरद्वारा हस्ताक्षर अभियानलाई सहयोग

खुटिया–दिपायल द्रुतमार्ग निर्माणको दबाब बढाउन धनगढी उपमहानगरद्वारा हस्ताक्षर अभियानलाई सहयोग

धनगढी । खुटिया–दिपायल द्रुतमार्ग निर्माणको मागलाई थप सशक्त बनाउन धनगढी उपमहानगरपालिकाले हस्ताक्षर अभियानका लागि शैलेश्वरी मन्दिर गुठीलाई ११ वटा रजिस्टर हस्तान्तरण गरेको छ।

सोमबार आयोजित कार्यक्रममा नगर प्रमुख गोपाल हमालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्ट र वडा नं. ३ का अध्यक्ष राजबहादुर ऐरले शैलेश्वरी मन्दिर गुठीका अध्यक्ष तथा मन्दिरका पुजारी प्रेमसागर भट्टलाई रजिस्टर हस्तान्तरण गरेका हुन्।

जेठ शुक्ल पूर्णिमादेखि शैलेश्वरी मन्दिरबाट खुटिया–दिपायल द्रुतमार्ग निर्माणका लागि सरकारलाई दबाब दिने उद्देश्यसहित हस्ताक्षर अभियान सञ्चालन भइरहेको छ। उक्त अभियानलाई प्रभावकारी बनाउन धनगढी उपमहानगरपालिकाले आवश्यक रजिस्टर उपलब्ध गराएको जनाएको छ।

उपमहानगरका अनुसार द्रुतमार्ग निर्माण भएपछि डोटीसहित सुदूरपश्चिमको आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने अपेक्षासहित करिब २ लाख २० हजार नागरिकको हस्ताक्षर संकलन गर्न पुग्ने ११ वटा रजिस्टर उपलब्ध गराइएको हो।

आगामी माघ महिनामा आयोजना हुने कोटीहोम महायज्ञ का क्रममा पनि हस्ताक्षर संकलनलाई निरन्तरता दिने तयारी रहेको जनाइएको छ।

शैलेश्वरी मन्दिर गुठीका अध्यक्ष तथा पुजारी प्रेमसागर भट्टले खुटिया–दिपायल द्रुतमार्ग निर्माणका लागि सरकारलाई दबाब सिर्जना गर्ने अभियानमा धनगढी उपमहानगरपालिकाले गरेको सहयोगप्रति खुशी व्यक्त गर्दै धन्यवाद दिएका छन्।

Related News

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपास हात्ती प्रभावित क्षेत्रमा स्वचालित बत्ती जडान सुरु
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपास हात्ती प्रभावित क्षेत्रमा स्वचालित बत्ती जडान सुरु
  • २०८३ असार २३

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपास हात्ती प्रभावित क्षेत्रमा स्वचालित बत्ती जडान...

TOP