२०८२ माघ २, शुक्रबार
January 16, 2026, Friday

सांसद अपहरण प्रकरणमा छानविन समिति गठन गर्न माग

नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सांसद डा.सुरेन्द्र यादव अपहरण प्रकरणमा उच्चस्तरीय स्वतन्त्र छानविन समिति गठन गर्न जोडदार माग गरेका छन् । सांसद अपहरण र किनवेच खेलका मतियारका रुपमा प्रधानमन्त्री र घटनामा संलग्न केही व्यक्तिको नाम विभिन्न मीडियाहरुमा सप्रमाण आईसकेको बताउदैं नेता महरले दोषीमाथी आवश्यक कारवाहीका लागि उच्चस्तरीय स्वतन्त्र छानविन समिति गठन आवश्यक रहेको औल्याएका हुन् ।

अधिनायकवादी ओली सरकार नैतिक र राजनीतिक रुपमा भ्रष्टीकरण संगै तानाशाही प्रवृति उन्मुख भएको प्रमाणित भएको नेता महरले बताए । उनले भने,‘सांसद अपहरण र किनवेच खेलका मतियारका रुपमा प्रधानमन्त्री र घटनामा संलग्न केही व्यक्तिको नाम विभिन्न मीडियाहरुमा सप्रमाण आईस्सके पछि, दोषी माथी आवश्यक कार्यवाहीका लागी उच्चस्तरीय स्वतन्त्र छानविन समिति गठन आवश्यक छ ।

अहिले कोरोना भाइरसको महामारीका कारण सिङ्गै देश लकडाउनमा छ । यहीबेला बुधबार दिउँसो पूर्वआईजीपी सर्वेन्द्र खनाल र नेकपाका सांसदद्वय महेश बस्नेत (भक्तपुर) र किसान श्रेष्ठ (तनहुँ)ले प्रधानमन्त्रीको निर्देशनमा जनकपुरधामबाट डा. सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएको आरोप लागेको छ । यो घटनामा स्वंयम् देशका प्रधानमन्त्रीको संलग्नता देखिएपछि अहिले उनको चौतर्फी आलोचना भईरहेको छ ।

केही दिन अघि मात्रै ओली क्याबिनेटले विवादास्पद अध्यादेश ल्याएपछि पार्टी भित्र र बाहिरबाट चर्को विरोध भएको र प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः अध्यादेश फिर्ता लिन तयार भएको नेता महरको भनाइछ ।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०७७ बैशाख १२

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP