२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

काठमाडौंका मेयर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ।

ग्राण्डी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा शाक्यको रिपोर्ट पोजेटिभ आएको हो।

दुई दिनअघि शाक्यको श्रीमतीलाई ज्वरो आएपछि दुवै जनाको पीसीआर परीक्षण गरिएको थियो।

जसमा मेयर शाक्यको रिपोर्ट पोजेटिभ आएको काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीले जानकारी दिइन्।

शाक्यलाई कुनै लक्षण देखिएको छैन। उनी होम आइसोलेसनमा बसिरहेका छन्।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ भाद्र १५

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP