२०८२ जेष्ठ ३०, शुक्रबार
June 13, 2025, Friday

काठमाडौंको ढलमा समेत कोरोना भाइरस

काठमाडौं-  उपत्यकाको केही स्थानको ढलमा गरिएको परीक्षणमा कोरोना भाइरस पाइएको छ।

सेन्टर फर मोलिक्युलर डायनामिक नेपालले उपत्यकाका चार ठाउँका ढलमा परीक्षण गरेर हेर्दा दुई ठाउँमा कोरोना भाइरस (सार्स– कोभिड- २) विषाणु भेटिएको हो।

सीएमडीएमका अध्यक्ष दिवेश कर्माचार्यले कुन ठाउँको ढलमा कोरोना कोरोना भाइरस भेटिएको भन्ने बारे अहिले नै खुलाउन नमिल्ने बताए । उनले अनुसन्धान प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा बुझाइने पनि बताए।

कर्माचार्यका अनुसार अन्य देशमा ढलमा विशेषगरी मानव मलमा परीक्षण गर्दा कोरोना भाइरस देखिएकाले काठमाडौंको अवस्था कस्तो छ भनेर जाँच्नका लागि परीक्षण गरिएको बताए। यसको अर्थ काठमाडौं उपत्यकामा संक्रमण समुदायमा फैलिसकेको हुनसक्ने उनको भनाई छ।

कर्माचार्य जुन टोलको ढलमा कारोना भाइरस देखिएको छ,  त्यो ठाउँका सबै स्थानीहरुको स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउँछन्।

केही दिनअघि भारतको जयपुरमा भएको परीक्षणमा पनि ढलमा कोरोना भाइरस पाइएको थियो । तर, ट्रिटमेन्ट गरिएको ढलको पानीमा भने कोरोना नपाइएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७७ असार २०

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP