२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

उल्टाे माेटरसाईकल यात्री कार्की विश्व शान्तिका लागि सद्भावना दुत घोषित

काठमाडौं । उदयपुरको गाईघाटका विश्व उल्टाे माेटरसाईकल यात्री चित्रकुमार कार्कीलाई विश्व शान्तिका लागि सद्भावना दुत घाेषणा गरिएकाे छ ।

सन 2011 मा विश्व शान्तिको कामना भ्रचार मुक्त राष्ट्र निर्माण पर्यटकलाई अाकर्षित गराै भन्दै उल्टाे माेटरसाईकल यात्रा गर्दै कार्कीले विश्व कीर्तिमानी कायम गरेका थिए । उल्टाे माेटरसाईकल यात्री कार्कीलाई एसियन ट्यालेन्ट फ्रमले एक विज्ञप्ति जारी गर्दै अाधिकारिक विश्व शान्ति दुत घाेषणा गरेको जनाएको हो ।

कार्कीलाई उल्टो माेटरसाईकल चलाएर संसारलाई नै सकारात्मक संदेश दिन भ्रष्टाचार विरुद्ध रचनात्मक तरिकाबाट अभियान चलाएकोमा फाउन्डर डा. पथाभी राम तुर्लापतिले प्रशंसा गरेका छन् । कार्कीलाई बेलायत स्थित अन्तर्राष्ट्रिय कार्यालयले अागामी २ वर्षको लागि विश्व शान्तिका लागि सद्भावना दुत नियुक्त गरेको जनाएको हो ।

कार्कीले यसै वर्ष बेलायत बाटै च्यम्पियन्स बुक अफ बल्ड रेकर्डका लागि सद्भावना दुत र नेपाल संयाेजक नियुक्ति गरेको थियोे ।

कार्कीलाई अहिले ४८ देशबाट छनाेट गरिएको नेपाल यसै पनि शान्ति प्रिय देश नै रहेको विज्ञप्तिमा जनाइएको छ ।

कार्की लामो समय देखिन पत्रकारिता समाजिक सेवामा सक्रिय रहदै अाएका छन् । कार्की विश्व कीर्तिमानीकाे छाता संगठन कीर्तिमानी युवा संघ नेपाल केन्द्रीय अध्यक्ष तथा वल्ड रेकर्ड फाउन्डेसन नेपालका अध्यक्ष समेत रहेका छन् ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ असार ३

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP