नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १७९८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (सोमबार) २२६ जना थपिएपछि संक्रमितको संख्या १७९८ पुगेको हो।
यीमध्ये ८ जनाको मृत्यु भएको छ भने २२१ जना संक्रमण मुक्त भएका छन्।
अहिलेसम्म देशभर ७१ हजार ९ सय ६ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ।
अहिले देशभर १ लाख ३३ हजार ९ सय ७५ जना क्वारेन्टाइनमा छन्।
त्यसैगरी विभिन्न अस्पतालमा १ हजार ५ सय ६९ जना आइसोलेसनमा छन्।
दिपायल – डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित...