२०८३ आश्विन ६, मंगलवार
September 22, 2026, Tuesday

बैतडीमा अदालतबाट सजाय तोकिएका दुई फरार प्रतिवादी पक्राउ

बैतडीमा अदालतबाट सजाय तोकिएका दुई फरार प्रतिवादी पक्राउ

बैतडी – बैतडीमा अदालतबाट कैद सजाय तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार सम्मानित जिल्ला अदालत बैतडीको फैसला कार्यान्वयन गर्ने क्रममा हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा २१ दिन कैद सजाय तोकिएका दशरथचन्द नगरपालिका–९ निवासी ४१ वर्षीय तारा दत्त जोशी४२ वर्षीय मोहन राज जोशीलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो उनीहरूलाई आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनालाई अदालतको फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गर्ने प्रक्रिया अघि बढाइएको छ।

स्रोत: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी, कैलाली

Related News

डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित
डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित
  • २०८३ श्रावण ४

दिपायल – डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित...

TOP