रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज हुँदैछ।
पार्टीका अनुसार शपथ ग्रहण कार्यक्रम आज बिहान ११ बजे काठमाडौंको चमतीस्थित केन्द्रीय कार्यालयमा आयोजना गरिएको छ।
चितवनको भरतपुरमा सम्पन्न रास्वपाको पहिलो महाधिवेशनबाट निर्वाचित ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यले आज औपचारिक रूपमा शपथ लिनेछन्।
शपथ ग्रहणसँगै नवगठित नेतृत्वले औपचारिक रूपमा कार्यभार सम्हाल्नेछ। पार्टीले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेपछि अब संगठन विस्तार, नीतिगत प्राथमिकता तथा आगामी राजनीतिक रणनीतिमा केन्द्रित हुने तयारी गरेको छ.
बाँठपाली मन्दिर निर्माणमा रु २२ लाखभन्दा बढी हिनामिनाको आरोप, विशेष...