दिपायल – डोटी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वैशाख पहिलो सातादेखि आयोजना हुने भएको छ। डोटी जिल्ला खेलकुद समितिले १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आउँदो वैशाख ५ गते देखि ७ गते सम्म शिखर नगरपालिकामा आयोजना गर्ने निर्णय गरेको छ ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद ” भन्ने नारासहित आयोजना हुन लागेको उक्त प्रतियोगिता शिखर नगरपालिका – ६ तल्कोटस्थित हरिहर माविको खेल मैदानमा आयोजना हुने आयोजकले जनाएको छ ।
चालु आ.ब.२०८२/०८३ को स्वीकृत खेलकुद कार्यक्रम अन्तर्गत आयोजना हुने उक्त प्रतियोगितामा जिल्लाका ९ वटै स्थानीय तहका खेलाडीहरू सहभागी हुनेछन् ।
प्रतियोगिताका लागि चैत्र ३० गते भित्र टिम दर्ता गरिसक्नु पर्ने डोटी जिल्ला खेलकुद समितिले जनाएको छ । प्रतियोगितामा सम्बन्धित पालिकाले छनोट गरेका १८ वर्ष भन्दा मुनिका कक्षा १२ सम्म नियमित अध्यनरत रहेका छात्र/छात्रा खेलाडीहरु सहभागी हुन पाउनेछन् । सहभागी हुने खेलाडीहरूले प्रमाणित खेलाडी दर्ता फाराम, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपिसहित जिल्ला खेलकुद समितिको कार्यालयमा ३० गते भित्र दर्ता गरिसक्नु पर्ने छ ।
डोटी जिल्ला खेलकुद समितिका अध्यक्ष प्रकाश शाहीले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न स्थानीय सरकार, स्थानीय समुदाय, खेलाडी तथा विद्यालयहरूको महत्त्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।
दिपायल – डोटीमा इभि हाइस (विद्युतीय गाडी) दुर्घटना हुँदा चार...