२०८३ आश्विन ६, मंगलवार
September 22, 2026, Tuesday

बारामा २ सैनिकसहित थप ५ जनामा कोरोना संक्रमण

 बारा जिल्लामा थप पाँच जनामा कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना नेपाली सेनामा कार्यरत छन् ।

पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीन जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका दुई जना सैनिकमा  कोरोना पुष्टि भएको हो ।

यससँगै बारामा कूल संक्रमितको संख्या ४१ पुगेको छ । दुई जना उपचारपछि निको भएर घर फर्किएका छन् भने एक जनाको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले संक्रमितहरुलाई अस्पताल लैजाने तयारी भइरहेको जानकारी दिए ।

Related News

डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित
डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित
  • २०७७ जेष्ठ १३

दिपायल – डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित...

TOP