२०८२ भाद्र २७, शुक्रबार
September 12, 2025, Friday

स्वास्थ्य शाखाको समीक्षासहित योजना तर्जुमा गर्दै शिखर सरकार

दिपायल, भदौ १३ गते । शिखर नगरपालिकाको स्वास्थ्य शाखाले गत वर्षको समीक्षासँगै चालू आर्थिक वर्षको योजना तर्जुमा गर्दैछ । शुक्रबारदेखि आर्थिक वर्ष २०८१/०८२ को समीक्षा तथा २०८२/०८३ को योजना तर्जुमा गोष्ठीको आयोजना गरिएको हो ।

नगरपालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थाका प्रमुख तथा स्वाथ्यकर्मीहरुको सहभागीतामा आयोजित उक्त कार्यक्रम शनिबारसम्म सञ्चालन हुने छ । कार्यक्रममा गत आर्थिक वर्षको कार्यक्रम, उपलब्धि, समस्या र चुनौतीका विषयमा समीक्षा हुने र समधान खोजिने स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र शाहले बताए । गत वर्षको समीक्षालाई मध्यनजर गर्दै चालू आर्थिक वर्षमा उपलब्ध बजेट, कार्यक्रमको सफल कार्यान्वयन कसरी गर्न सकिन्छ भनेर छलफल हुने उनले बताए ।

कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख दीर्घ बहादुर बलायरले नगर सरकार शिखरमा कार्यरत स्वाथ्यकर्मीहरुको सल्लाह, सुझाव र आवश्यकताका आधारमा बजेट तथा कार्यक्रमको व्यवस्था गर्न तयार रहेको बताए । उनले नगर सरकार नगरवासीको स्वास्थ्यलाई लिएर सुरुवात देखिनै गम्भीर रहेको बताउँदै जनहितमा हुने नवीनतम कार्यक्रम ल्याउन आग्रह गरे ।

असार मसान्तमा पालिका अन्तर्गतको समग्र शाखाहरूको समीक्षा तथा योजना तर्जुमा गरेर बजे ल्याएको शिखर नगरपालिकाले बजेट तथा कार्यक्रम कार्यान्वयन गर्नु अघि पुनः समीक्षा तथा तर्जुमा भएका कार्यक्रमको कार्यान्वयन बारे गोष्ठी सञ्चालन गरेको हो ।

Related News

सांसदसहित तरुण दल र वाईसीएल पनि निस्कियो सडकमा
सांसदसहित तरुण दल र वाईसीएल पनि निस्कियो सडकमा
  • २०८२ भाद्र १३

काठमाडौँ- तरुण दल र वाईसीएल पनि सांसदसहित सडकमा निस्किएका छन्...

TOP