२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

शिखरका १८ जनामा देखियो क्षयरोग, निगरानीमा राखेर नियमित औषधि सेवन गराउन मेयरको निर्देशन

दिपायल- डोटीको शिखर नगरपालिकामा १८ जनामा क्षयरोगका बिरामी भेटिएका छन् । शिखर नगरपालिकाकामा आयोजित क्षयरोग अद्र्धबार्षिक समीक्षा तथा कोल्र्ट विश्लेषण कार्यक्रमा सो तथाङ्क नगरपालिकाका स्वास्थ्य शाखाका सिअहेव अधिकृत बलबहादुुर खत्रीले प्रस्तुत गरिएका थिए ।

स्वास्थ्य शाखाका अनुुसार शिखर नगरपालिकाको वडा नम्बर ११ बारपाटामा ४ जना, वडा नम्बर १० वनलेकमा ७ जना, वडा नम्बर १ कपल्लेकीमा १ जना, वडा नम्बर ४ मुडभरामा ३ जना, वडा नम्बर ५ तिजालीमा १ जना र वडा नम्बर २ मुडेगाउँमा २ जनामा क्षयरोगको लक्ष्यण देखिएको हो ।

कार्यक्रममा बोल्दै शिखर नगरपालिकाका मेयर दीर्घबहादुुर बलायरले गाउँमा क्षयरोगी देख्ने वित्तिकै पहिले–पहिले मान्छेहरु डरले लुक्ने तथा भाग्ने गरेको बताए । उनले भने,‘अहिले त्यो अवस्था नरहे पनि क्षयरोगी आफै खुलेर आउन सकिरहेका छैनन ।’ मेयर बलायरले बिरामीलाई नियमित औषधि सेवनका लागि प्रेरित गरिदिन स्वास्थ्यकर्मीलाई निर्देशन दिए ।

स्थानीय सरकारको पहिलो दायित्व दुःखी पीडितलाई सहयोग गर्नु भएको बताउँदै उनले भने,‘स्वास्थ्य राम्रो भए शिखरबासी राम्रो हुुन्छन्, शिखरबासी राम्रो भए नगरको विकास आफै हुन्छ ।’ प्रभावित गाउँ–टोलमै गएर नगरपालिकाको स्वास्थ्य शाखाले खकार संकलन गरी जाँच गर्ने र त्यहाँबाट पत्ता लागेका बिरामीलाई निगरानीमा राखेर नियमित औषधि सेवन गराउँदै आएको स्वास्थ्य शाखाका सिअहेव अधिकृत खत्रीले बताए ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०८२ असार ६

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP