२०८२ माघ २६, सोमबार
February 9, 2026, Monday

नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुग्यो, ३७ जना ‘डिस्चार्ज’

काठमाडौं- नेपालमा आज कोरोना भाइरसका २७ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज झापामा ९ जना, कपिलवस्तुमा ४  जना, काठमाडौंमा ३ जना, सर्लाहीमा २ जना, मोरङमा १ जना, सुनसरीमा १ जनामा संक्रमणको पुष्टि भएको छ।

त्यस्तै  भक्तपुर, मकवानपुर, रामेछाप, ललितपुर, सिन्धुली, लमजुङ र नवलपरासीमा पनि एकएक जना नयाँ संक्रमित थपिएका छन्।

आज पुष्टि भएका संक्रमितमध्ये २४ पुरुष र ३ महिला छन्। यो संगै नेपालमा संक्रमितको संख्या ४०२ पुगेको छ ।

कुल संक्रमितमध्ये पुरुष ३४० र महिला ६२ जना छन्।  स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण ३६  जिल्लामा फैलिसकेको छ।

विराटनगरस्थित कोशी अस्पतालबाट मंगलबार झापाका एकजना ‘डिस्चार्ज’ भएका छन् ।

हालसम्म ३७ जना डिस्चार्ज भएका छन् । उनीहरुको अस्पताल बसाइँ औसत १९ दिन रहेको पनि प्रवक्ता देवकोटाले बताए ।

नेपालमा कोरोनाका कारण हालसम्म दुईजनाको मृत्यु पुष्टि भएको छ ।

हाल देशभर २१ हजार ६२३ जना ‘क्वारेन्टाइन’मा रहेका छन् । ४५७ जना ‘आइसोलेसन’मा रहेका छन् ।

काठमाडौं उपत्यकाभित्र १७ जना आइसोलेसनमा रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

४१२ जना ‘रेडजोन’मा रहेका छन् ।

प्रदेश–२ र ५ लाई केन्द्रित गरी कम्तीमा १०/१० जना चिकित्सक खटाउने निर्णयसमेत भएको मन्त्रालयले जनाएको छ ।

Related News

सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
  • २०७७ जेष्ठ ६

देबेन्द्र दत्त भट्ट , सुजङ्ग स्कुल , राजपुर डोटी ‎नेपालका...

TOP