२०८२ चैत्र १२, बिहीबार
March 26, 2026, Thursday

क्वारेन्टाईन जादै गरेका ६७ वर्षीय बृद्धको बाटोमै मृत्यु

बैतडीमा भारतबाट फर्किएर क्वारेन्टाईनमा जादै गरेका बृद्धको मृत्यु भएको छ। भारतको पिथौरागढमा आफन्तको घरमा गएर फर्किएका पुर्चाैडी नगरपालिका वडा नम्बर ६ का ६७ वर्षीय जुने लुहारको क्वारेन्टाइन जादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक कृष्ण चन्दले बीहिबार भारतबाट फर्किएर  पुर्चाैडी नगरपालिकाले क्वारेन्टाईनमा राख्न लैजादै गर्दा बाटोमै मृत्यु भएको बताए।  मृतक लुहार गत माघमा उपचारका लागि भन्दै भारतको पिथौरागढ गएका थिए।

लुहारको अचानक मृत्यु भएपछि कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिने बैतडीका प्रमुख प्रहरी नायब उपरिक्षक डिल्ली नारायण पाण्डेयले जानकारी दिए। 

Related News

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा धनगढीमा रक्तदान
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा धनगढीमा रक्तदान
  • २०७७ बैशाख २०

कैलाली – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले धनगढीमा रक्तदान कार्यक्रम...

TOP