२०८२ माघ २१, बुधबार
February 4, 2026, Wednesday

घाँस काट्न गएकी बालिकाको ढुङ्गाले लागेर मृत्यु

अछाम – घाँस काट्न गएकी बालिकाको ढुङ्गाले लागेर मृत्यु भएको छ । चौरपाटी गाउँपालिका–१ सिउडी निवासी १५ वर्षीया अमृता साउदको मङ्गलबार बेलुकी मृत्यु भएको हो ।

वडामै रहेको देवल्छडा सामुदायिक वनमा घाँस काट्ने क्रममा माथिबाट आएको ढुङ्गा टाउकोमा लागेर मृत्यु भएको वडा अध्यक्ष वीरबहादुर थापाले जानकारी दिनुभयो ।

मृतक साउद बिहान कक्षा ८ को त्रैमासिक परीक्षा दिएर घरबाट खाना खाएर बेलुकी घाँस काट्न गएकी थिइन् । साउद स्थानीय सिउडी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन्।

Related News

सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
  • २०८० असार २७

देबेन्द्र दत्त भट्ट , सुजङ्ग स्कुल , राजपुर डोटी ‎नेपालका...

TOP