
दिपायल – पायल्स, एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल लगायतका समस्या भएका बिरामीहरुको अप्रेसन र उपचार डोटीमै हुन थालेको छ । जिल्लामै बिरामीहरुको उपचारसँगै जटिल अवस्थाका बिरामीहरुको अप्रेसन हुन थालेपछि उपचारका लागि तराईका जिल्लाहरू धाउनुपर्ने बाध्यता हटेको छ।
सुजंग अस्पताल राजपुरले केही वर्ष यता विषेशज्ञ डाक्टर सहितको सेवा दिन थालेपछि बिरामीहरूले सहजरुपमा स्वास्थ्यसेवा प्राप्त गर्दै आएका छन् । पछिल्लो समय अस्पतालमा पायल्स, एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल लगायतका समस्या भएका बिरामीहरुको अप्रेसन तथा उपचार गरिँदै आएको अस्पतालका प्रशासन प्रमुख अर्जुन बलयारले बताए।
अस्पतालमा कार्यरत शल्यचिकित्सक ( एमविविएस , एमएस )
डा. सुभाष थापा मगरले उक्त सेवा दिँदै आएका छन् । पछिल्लो समय सूजंग अस्पतालमा दैनिक जसो जटिल समस्या भएका बिरामीहरुको सल्यक्रिया (अप्रेसन) मार्फत उपचार गरिँदै आएको छ ।
यो बाहेक अस्पतालमा पाठेघरको समस्या भएका महिलाहरुको पनि अप्रेसन गरिँदै आएको छ। सहजरुपमा सुत्केरी हुननसक्ने आमाहरुलाई अप्रेसन मार्फत सुत्केरी गराइन्छ। अस्पतालले सेवा दिन थालेपछि जटिल समस्या देखिएका सुत्केरी र शिशुहरुले उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्ने अवस्था टरेको स्थानहरू बताउँछन् ।
“कतिपय बिरामीहरू रोग लुकाएर बसेका हुन्छन् । धेरै जटिल समस्या आएपछि मात्रै अस्पताल आउने गरेका छन्,”प्रशासन प्रमुख बलायरले भने,”यस्तो अवस्थामा तुरुन्तै अप्रेसन गर्नु पर्ने हुन्छ । अन्यत्र उपचारका लागि जान एक दिनको यात्रा गर्नु पर्छ, यस्तो अवस्थामा बिरामीलाई अफ्ठेरो हुन्छ । यसैलाई मध्यनजर गर्दै हामीले सेवा विस्तार गरेका हौं।’
एपेन्डिसाइटिसको समय धेरै मान्छेहरुमा देखिने गरेको उनले बताए । एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, पायल्स जस्ता रोगहरू देखिनु सामान्य जस्तै भएको छ। समयमै उपचार नपाए बिरामीको स्वास्थ्य जोखिममा पर्छ,” उनले भने,”एपेन्डिसाइटिसका बिरामीले झन् तुरुन्तै अप्रेसन गरिहाल्नु पर्ने हुन्छ । हामीले यहाँको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै लगेका छौं र त्यही अनुसार सेवा विस्तार गर्दै आएका छौं।”
अस्पतालमा पछिल्लो समय २ जना पायल्सका बिरामीको अप्रेसन गरिएको छ । स्वास्थ्य समस्या पढ्दै गएपछि चेकजाँच गर्न आएका शिद्दरज भट्टको अप्रेसन गरिएको थियो । पाँच सात वर्ष अघि समस्या देखिए पनि अन्त जाँदा औषधि दिएर पठाउने गरेका थिए,” उनले भने,” यहाँ आएपछि अप्रेसन गर्न सुझाव दिए । सरल र सहज ढंगबाट उपचार भएको छ ।”
बाँठपाली मन्दिर निर्माणमा रु २२ लाखभन्दा बढी हिनामिनाको आरोप, विशेष...