
डडेल्धुरा – डडेल्धुराको अजयमेरु गाउँपालिकाले एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ ।
बिहीबार एक कार्यक्रमका बिच सेवा सुरु गरिएको हो । विकट वडाका जनतालाई सेवा दिन एम्बुलेन्स सेवा संचालन गरिएको हो ।
वडा नम्बर ५ र ६ लाई लक्षित गर्दै देवल स्वास्थ्य चौकीबाट सञ्चालन हुने गरि एम्बुलेन्स सेवा सुरु गरिएको गाउँपालिकाका सामाजिक विकास समिती संयोजन एवं वडा नम्बर ६ का वडा अध्यक्ष हरि भण्डारीले जानकारी दिए ।
चालू आर्थिक वषको स्विकृत कार्यक्रमअनुसार गाउँपालिकाको बजेटबाट एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए ।
भौगोलिक रुपमा केही विकट रहेका दुबै वडाका जनतालाई एम्बुलेन्स सेवा सुरु भएसगै सहज हुने गाउँपालिकाका उपाध्यक्ष बसन्ती पालले बताइन् ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...