२०८३ असार १७, बुधबार
July 1, 2026, Wednesday

विभिन्न कार्यक्रमसहित स्वास्थ्य सेवा दिवस मनाइँदै

काठमाडौं – आज स्वास्थ्य सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। स्वास्थ्य सेवा ऐन, २०५३ जारी भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाउने गरीन्छ।

संघ, प्रदेश तथा स्थानीय तहहरूमा विविध कार्यक्रम आयोजना गरी स्वास्थ्य सेवा दिवस मनाउन लागिएको हो। संघमा मूख्य सचिव शंकरदास वैरागीको संयोजकत्वमा स्वास्थ्य सचिवहरु देव कुमारी गुरागाईं, डा रोशन पोखरेल, सबै अतिरिक्त सचिव, महानिर्देशक महाशाखा प्रमुख र केन्द्रीय अस्पतालका प्रमुख, स्वास्थ्य क्षेत्रका राष्ट्रियस्तरका ट्रेड युनियनका अध्यक्षहरू रहेको मूल समारोह समिति गठन गरिएको छ।

यस्तै स्वास्थ्य सेवा विभागका महानिर्देशक संयोजक रहने गरी कार्यक्रम व्यवस्थापन समिति पनि गठन गरिएको छ।सोमबार राष्ट्रिय सभागृहमा मुल समारोह समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम गर्दैछ।

दिवसका अवसरमा स्वास्थ्य क्षेत्रमा योगदान दिएका कर्मचारीहरुलाई विशेष सम्मानसमेत गरिँदैछ। यस वर्षको स्वास्थ्य सेवा दिवसको नारा ‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा–निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’ भन्ने रहेको छ।

Related News

बाँठपाली मन्दिर निर्माणमा रु २२ लाखभन्दा बढी हिनामिनाको आरोप, विशेष अदालतमा मुद्दा
बाँठपाली मन्दिर निर्माणमा रु २२ लाखभन्दा बढी हिनामिनाको आरोप, विशेष अदालतमा मुद्दा
  • २०७९ फाल्गुन १५

बाँठपाली मन्दिर निर्माणमा रु २२ लाखभन्दा बढी हिनामिनाको आरोप, विशेष...

TOP