२०८३ असार १७, बुधबार
July 1, 2026, Wednesday

गेटा मेडिकल कलेज पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयमा परिणत हुँदै

दिपायल – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द विश्वविद्यालयका रूपमा विकास गर्ने गरी सरकारले निर्णय गर्ने बताउनुभएको छ।

प्रधानमन्त्री प्रचण्डसँग आइतबार गेटा मेडिकल कलेजका बारेमा सुदूरपश्चिम क्षेत्रका जनप्रतिनिधि, नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्य सचिवलगायतसँग छलफल गर्नुहुँदै उहाँले सो धारणा राख्नुभएको हो ।

नेपालमा आजसम्म पनि स्वास्थ्य विज्ञान विश्वविद्यालय नभएको अवस्थामा यो विश्वविद्यालयले दक्ष चिकित्सक, विशेषज्ञ चिकित्सा सेवा र विशिष्टीकृत चिकित्सकीय र जनस्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको कमी पूरा हुने विश्वास लिइएको छ ।

प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा हुने भ्रमणमा यससम्बन्धी थप घोषणा हुने बत्ताइएको छ।

Related News

बाँठपाली मन्दिर निर्माणमा रु २२ लाखभन्दा बढी हिनामिनाको आरोप, विशेष अदालतमा मुद्दा
बाँठपाली मन्दिर निर्माणमा रु २२ लाखभन्दा बढी हिनामिनाको आरोप, विशेष अदालतमा मुद्दा
  • २०७९ माघ २९

बाँठपाली मन्दिर निर्माणमा रु २२ लाखभन्दा बढी हिनामिनाको आरोप, विशेष...

TOP