२०८३ असार १७, बुधबार
July 1, 2026, Wednesday

स्ट्रेचर छैन गाउँमा, खाटको डोरीमा बोकेर स्वास्थ्य चाैकी लगिन्छ बिरामी

दार्चुला–   दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका–२ न्वालपानी कि एक महिलालाई सुत्केरी व्यथाले च्यापेपछि खाटको डोरीमा बोकेर स्वास्थ्य चौकी पु-याएको छ । विहिबार राती महिलालाई सुत्केरी व्यथा लागेको थियो।

गाउँमा बिरामी बोक्ने स्ट्रेचर नहुँदा यसैगरी खाटको डोरीमा बोकेर अस्पताल पु¥याउनुपर्ने बाध्यता रहेको स्थानीय प्रकाशसिंह धामीले गुनासो गरेका छन् ।

साथै गाउँमा बाटो समेत राम्रो नहँुदा विरामी अस्पताल पु¥याउन समस्या हुने गरेको स्थानीलयले बताएका हुन्। जिल्लाको न्वालापानीमा कम्तीमा ७० परिवारको बस्ती छ ।

उक्त बस्तीमा एउटा पनि स्ट्रेचर नहुँदा समस्या हुने गरेको स्थानीयको गुनासो छ । गाउँवासी बिरामी हुँदा खाटको डोरीमा बोकेर अस्पताल पु¥याउनुपर्ने बाध्यता छ । 

Related News

बाँठपाली मन्दिर निर्माणमा रु २२ लाखभन्दा बढी हिनामिनाको आरोप, विशेष अदालतमा मुद्दा
बाँठपाली मन्दिर निर्माणमा रु २२ लाखभन्दा बढी हिनामिनाको आरोप, विशेष अदालतमा मुद्दा
  • २०७९ माघ ६

बाँठपाली मन्दिर निर्माणमा रु २२ लाखभन्दा बढी हिनामिनाको आरोप, विशेष...

TOP