२०८३ असार १७, बुधबार
July 1, 2026, Wednesday

मुटुरोग पीडित कैलाशको जीवन रक्षाका लागि सहयोगको याचना

दिपायल– केआईसिंह गाउँपालिका ६ भाटीगाउँका कैलाश भाट मुटु सम्बन्धी समस्याले जीवन मरणको दोसाँधमा छन् । काठमाण्डौं स्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गराइरहेका २७ बर्षिय भाट आर्थिक संकटको अभावले सल्यक्रिया गर्न सकिरहेका छैनन् । उनलाई मुटुको भल्भ फेर्नु पर्ने चिकित्सकको सल्लाह छ ।

आर्थिक अवस्था कमजोर रहेका भाटले काठमाण्डौंको लामो बसाई , औषधी तथा कुरुवा लगायत खर्च धान्न आफुलाई संकट परेको गुनासो गरेका छन् । चिकित्सकले मंसिर ११ गतेबाट अस्पतालमा भर्नाका लागि समय तोकेपनि आर्थिक समस्याका कारण खर्च जुटाउन काठमाडौंमा तड्पीरहेको उनले बताए । ‘परिवारमा आयस्रोत भएको व्यक्ति कोही छैन, यो उमेरमा मुटुको समस्याले झेल्यो’, भाटले दुखित हुँदै सहयोगका लागि याचना गरे, ‘जीवनको कठिन परिस्थितीमा मलाई सहयोग गर्नेहरु प्रति सदैब क्रृणी हुनेछु ।’

जीवन रक्षाका लागि सहयोग गरिदिन उनको अपिल छ । उनले आफ्नो नाममा रहेको एनएमबि बैंक दिपायल शाखाको खाता नम्बर ०१८०१७९७७७००००१२ मा सहयोग रकम जम्मा गर्न मनकारीहरुलाई आग्रह गरेका छन् ।

Related News

बाँठपाली मन्दिर निर्माणमा रु २२ लाखभन्दा बढी हिनामिनाको आरोप, विशेष अदालतमा मुद्दा
बाँठपाली मन्दिर निर्माणमा रु २२ लाखभन्दा बढी हिनामिनाको आरोप, विशेष अदालतमा मुद्दा
  • २०७९ मंसिर १०

बाँठपाली मन्दिर निर्माणमा रु २२ लाखभन्दा बढी हिनामिनाको आरोप, विशेष...

TOP