२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

र्‍यापिड टेस्ट किट परिक्षण गर्दा काठमाण्डौंमा एकै परिवारका तीन जनामा देखियो कोरोना संक्रमण

काठमाण्डौं- कागेश्वरी मनोहरा नगरपालिकाको पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा १५ औं तलामा बस्ने एकै पविारका तीन सदस्यको र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो ।

पाटन अस्पतालका निर्देशक डा‍. विष्णु शर्माले तीनै जनाको र्‍यापिड डायग्नोस्टिक टेस्ट पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएको जानकारी दिएका छन् । तीनै जनालाई अस्पतालको आइसोलेसनमा राखिएको र उनीहरूको अवस्था सामान्य रहेको उनले बताए। तीनै जनाको स्वाब संकलन गरी थप परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको अस्पतालले जनाएको छ।

स्रोतका अनुसार उक्त परिवार सो चैत ५ गते लण्डनबाट फर्किएको थियो । अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डि‌ङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अपनाएको छ। उनीहरुमा कोरोना आशंका भएपछि अहिले अपार्टमेन्ट परिसरमा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाउन थालिएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले जानकारी दिएका छन् ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७७ बैशाख १

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP